२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

विद्यालयमा विपद् व्यवस्थापन र पूर्वतयारीका विषयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ १३, २०८३

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो।

​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो।

​प्रशिक्षणका मुख्य विषयहरू:
#​भूकम्पीय सुरक्षा: भूकम्पको समयमा अपनाउनुपर्ने सावधानी र सुरक्षित रहने उपायहरू।
#​आगलागी नियन्त्रण: आगलागी हुँदा तत्काल आगो नियन्त्रण गर्ने व्यावहारिक विधि र ग्यास सिलिन्डरको सुरक्षा।
#​प्राथमिक उपचार: आपत्कालीन अवस्थामा घाइतेहरूको उद्धार र तत्काल गरिने प्राथमिक उपचारको अभ्यास।

​विपद् जतिबेला पनि आउन सक्ने भएकाले यस्ता व्यावहारिक ज्ञान र पूर्वतयारीले भोलिका दिनमा सम्भावित क्षति कम गर्न ठूलो मद्दत पुग्ने विश्वास विद्यालय परिवारले लिएको छ। हाम्रा विद्यार्थी र शिक्षकहरूलाई यो अमूल्य र जीवनोपयोगी प्रशिक्षण प्रदान गर्नुभएकोमा लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्मको सम्पूर्ण टोलीप्रति विद्यालय हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]