२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

नक्कली प्रहरी नै प्रहरीको फन्दामा

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
कैलालीमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छ्न प्रहरी बनेर पैसा असुल गर्ने ३ जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेकाे छ।
पक्राउपर्नेमा बझाङ्गकाे खप्तडछान्ना गाउँपालिका १ घर भइ कैलालीकाे धनगढी उपमहानगरपालिका ७ मनहेरा बस्ने वर्ष ३२ का सनम भण्डारी, धनगढी उपमहानगरपालीका ५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाल र कन्चनपुरकाे पुनर्वास नगरापालिका ५ घर भइ धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष ३३ का किशन सिजापती रहेका छन्।
गत माघ २ गते धनगढी उपमहानगरपालिका ३ का चन्द्रभान शर्माले मलनचोकमा सञ्चालन गरेकाे रिक्सा, साइकल मर्मत पसलमा उनीहरुले भारतीय नम्बर प्लेटको मोटर साइकल चोरीको हो, हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौ, मोटर साइकल लैजान्छौ भनी धम्काइ ५ हजार रुपैयाँ मागेकाे र २ हजार ५ सय बुझाएपछि मोटरसाइकल छोडी गएको भन्दै परेकाे उजुरीकाे आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे कैलाली प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । केही महिनादेखि शान्ति–सुरक्षाको सट्टा अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भएको छ । केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको हो । साथै ४७ जना कैदी घाइते भई सेती प्रादेशिक […]

  गाजा । क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् । इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ […]

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

error: Content is protected !!