२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नक्कली प्रहरी नै प्रहरीको फन्दामा

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
कैलालीमा नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छ्न प्रहरी बनेर पैसा असुल गर्ने ३ जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेकाे छ।
पक्राउपर्नेमा बझाङ्गकाे खप्तडछान्ना गाउँपालिका १ घर भइ कैलालीकाे धनगढी उपमहानगरपालिका ७ मनहेरा बस्ने वर्ष ३२ का सनम भण्डारी, धनगढी उपमहानगरपालीका ५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाल र कन्चनपुरकाे पुनर्वास नगरापालिका ५ घर भइ धनगढी उपमहानगरपालिका १ बस्ने वर्ष ३३ का किशन सिजापती रहेका छन्।
गत माघ २ गते धनगढी उपमहानगरपालिका ३ का चन्द्रभान शर्माले मलनचोकमा सञ्चालन गरेकाे रिक्सा, साइकल मर्मत पसलमा उनीहरुले भारतीय नम्बर प्लेटको मोटर साइकल चोरीको हो, हामी जिल्ला प्रहरी कार्यालयबाट आएका हौ, मोटर साइकल लैजान्छौ भनी धम्काइ ५ हजार रुपैयाँ मागेकाे र २ हजार ५ सय बुझाएपछि मोटरसाइकल छोडी गएको भन्दै परेकाे उजुरीकाे आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे कैलाली प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]