२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नवनियुक्त आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै गृह सचिव न्यौपाने

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

ABC  संचार (क्राईमरिपोर्टर)
काठमाडौं माघ २९ नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।
गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।
ज्ञवालीले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका छन् ।
यो पनि पढ्नुहोस
झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफल हुन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]