२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

प्रहरी प्रतिष्ठानको ६४ औं बार्षिकोत्सवको अव

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
काठमाडौं माघ २९ नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षज्मक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा एक समारोह मम बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६४ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
यस अवसरमा प्रमुख अतिथीज्यूले प्रतिष्ठानको बार्षिक पत्रिका “प्रेरणा”को लोकार्पण गर्नुभएको थियो साथै यस प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरुका जेहेन्दार सन्ततीलाई छात्रवृती एवं प्रमाण-पत्र वितरण, तत्कालिन सदर प्रहरी तालिम केन्द्रका समादेशक (अ.प्रा.) प्रहरी नायव महानिरीक्षक वलेन्द्र बहादुर सिंहलाई सम्मानपत्र, लामो समयसम्म वाह्रय प्रशिक्षकको रुपमा सेवा गर्नुभएका (अ.प्रा.) प्रहरी नयाव निरीक्षक मकर बहादुर गुरुङलाई सम्मानपत्र र Indian Police Service (IPS) तालिमका सहभागी “Sword of Honour” विजेता प्रहरी निरीक्षक कृष्ण खड्कालाई प्रशंशापत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिज्यूले ६४ औं बार्षिकोत्सवमा अवसरमा प्रतिष्ठान परिवारलाई शुभकामना व्यक्त गर्नुभयो । तत्कालीन सदर प्रहरी तालिम केन्द्रका समादेशक (अ.प्रा.) प्रहरी नायब महानिरीक्षक वलेन्द्र बहादुर सिंहज्यूले तत्कालीन समयमा पर्याएको योगदानको कदर स्वरुप सम्मानित भएकोमा खुशी व्यक्त गर्नुभयो ।
अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्यज्यूले प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशकहरु, पूर्व निर्देशकहरु, पूर्व समादेशकहरुज्यूहरुको उपस्थिती रहको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!