०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

व्यावहारिक अध्ययन भ्रमण सम्पन्न गरेका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूसँग अन्तरक्रिया तथा बिदाइ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ३०, २०८३

बुटवल । प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औँ समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूले लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूमा व्यावहारिक अध्ययन भ्रमण सम्पन्न गरेपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा अन्तरक्रिया तथा बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यू ले प्रशिक्षार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै व्यावहारिक अध्ययन भ्रमणका क्रममा प्राप्त अनुभव, सिकाइ तथा असल अभ्यासहरूलाई भावी प्रहरी सेवामा आत्मसात् गर्न आग्रह गर्नुभयो । उहाँले व्यावसायिक इमान्दारिता, अनुशासन, नेतृत्व, आधुनिक प्रहरी कार्यशैली तथा प्रविधिमैत्री प्रहरी सेवाको आवश्यकतामा जोड दिँदै उत्कृष्ट प्रहरी अधिकृतका रूपमा आफूलाई निरन्तर विकास गर्न प्रेरित गर्नुभयो ।

व्यावहारिक अध्ययन भ्रमणका क्रममा प्रशिक्षार्थीहरूले लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरूको कार्यप्रणाली, अनुसन्धान, शान्ति सुरक्षा, सेवा प्रवाह तथा व्यवस्थापन सम्बन्धी व्यावहारिक अनुभव हासिल गरेका छन् । कार्यक्रमको अन्त्यमा प्रशिक्षार्थीहरूलाई सफल प्रहरी जीवनको शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!