३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ३०, २०८३

रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोप्य सूचनाका आधारमा गरेको अपरेसनमा एक भारतीय नागरिक र पाँच नेपाली नागरिकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिन तथा ५ लाख ९२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गरेको खुलेको घटनाका मुख्य योजनाकार अर्का एक भारतीय नागरिक खोजी भइरहको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेकोले भोलि थप केही नयाँ तथ्य आउन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण भोलि बुधबार दिउँसो जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!