१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ३०, २०८३

रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गोप्य सूचनाका आधारमा गरेको अपरेसनमा एक भारतीय नागरिक र पाँच नेपाली नागरिकलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिन तथा ५ लाख ९२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गरेको खुलेको घटनाका मुख्य योजनाकार अर्का एक भारतीय नागरिक खोजी भइरहको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेकोले भोलि थप केही नयाँ तथ्य आउन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण भोलि बुधबार दिउँसो जिल्ला प्रहरी कार्यलयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]