१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य भंग गर्ने निर्णय गर्‍यो,

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ ३२, २०८३

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको सहमहामन्त्री योगेन्द्र चौधरीले नेपालखबरलाई बताए।

प्रदेश र स्थानीय सरकारसँग समन्वयको केन्द्रीय संयोजन गरिरहेका उपसभापति शर्माले कांग्रेसले प्रदेशमा एमालेसँग सत्ता सहकार्य गरेर जान नसक्ने कारणहरू पेस गरेका थिए।

गत वर्ष भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र कांग्रेस नेतृत्वको प्रदेश सरकारहरूमा एमालेको व्यवहार मुख्य कारण रहेको शर्माको भनाइ थियो।

उनका अनुसार कांग्रेस नेतृत्वको सरकारबाट एमालेका मन्त्री बर्खास्त गर्ने र एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय पदाधिकारी बैठकले गरेको थियो। मंगलबार दिउँसो १ बजे बसेको पदाधिकारी बैठकपछि दिउँसो साढे २ बजे सभापति गगन थापाले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।

सभापति थापा र संयोजक प्रचण्डबीच प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा मोटामोटी सहमति भएपछि बुधबार कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको छ भने सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गरेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकारमा सहभागी एमालेले आर्थिक वर्ष २०८३/८४ को बजेट पारितमा असहयोग गरेको थियो।

बजेट पारित हुने वातावरण बनाउन कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई सुदूरपश्चिम पठाएको थियो। त्यहाँ सहमति नभएपछि मुख्यमन्त्री शाहलाई काठमाडौँ बोलाएर कांग्रेस उपसभापति शर्मा र महामन्त्री पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गराएका थिए। ओलीले समस्याको गाँठो पुकाउन नचाहेपछि एमालेसँग सातै प्रदेशमा सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको सहमहामन्त्री उदय शमशेर राणाले बताए।

कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पनि बिहीबारसम्ममा एमालेसँगको सहकार्य तोड्ने कांग्रेसको तयारी छ। कोसी र लुम्बिनीमा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ भने बागमती र गण्डकीमा कांग्रेसको नेतृत्व छ। कोसी र लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिन भएका छन् भने बागमती र गण्डकीमा एमालेका मन्त्रीलाई बर्खास्त गरिने कांग्रेस सहमहामन्त्री चौधरीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]