०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

दलितको समस्या देशको समस्या हो

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

निर्मला बिक
फागुन १ दलितका समस्या कुनै जाति वा समुदायको समस्या नभएर देशकै जल्दोबल्दो मुद्दा हो । जसको उचित समाधानबिना समृद्धिको ढोका खुल्न सक्दैन । दलित समुदायको आर्थिक तथा सामाजिक रुपान्तरण नभएसम्म उनीहरुको जीवनस्तर माथि उठ्न सक्दैन भन्ने कुरामा दुईमत छैन । दलित आयोगले २२ जातिलाई दलितको सूचीका समावेश गरेको छ । तर थरको हिसाबले नेपालमा झण्डै एक सय थरका दलितहरु रहेको दलित आयोगको तथ्यांकले देखाएको छ । नेपालमा कुल जनसंख्यँको १३ दशमलब ५ प्रतिशत दलित भएको तथ्यँंक छ । यसमध्ये केही धनाड्य भए पनि ठूलोे हिस्सा विभेदपूर्ण अपमानित, कष्टकर र अभावपूर्ण जीवन बिताउन बाध्य छन् । जसका कारण नेपालको सामाजिक, आर्थिक, शैक्षिक मात्र होइन राजनीतिको मूलप्रवाहमा दलितहरु आउन सकेका छैनन् । नेपालका हरेक राजनीतिक आन्दोलनमा दलितहरुको भूमिका महत्वपूर्ण रह्यो । राजनीतिक आन्दोलनहरुमा सयौं दलितहरुले शहादत प्राप्त गरेका छन् तर राज्यले उनीहरुको कदर गरेको पाइँदैन । आफूहरुमाथि हँुदै आएको थिचोमिचोको अन्त्य गर्न र अपमानको बदला लिन सामन्तवादको अन्त्य गर्न तथा आम दलितको मुक्तिका लागि सदियौंदेखि दलितहरुले संघर्ष गर्दै आएका छन् । तर बिडम्बना नेपालमा जतिपटक सरकार परिवर्तन भए पनि नेपाली दलितहरुले भोग्नुपरेका पीडा ज्यूँका त्यूँ छन् ।
राष्ट्रिय दलित आयोगको सर्वेक्षण अनुसार दलितहरुमध्ये ५३ प्रतिशत दलितहरुसित जमिन छैन । दलित हरुसित जे जति जग्गा छ त्यो जग्गा पनि खेतीयोग्य छैन । नेपालको खेतीयोग्य जमिनमध्ये एक प्रतिशत मात्र दलितहरुको हातमा छ । जग्गा जमिन नर्भकै कारण उनीहरु दासताको चपेटामा परेका हुन् । एकातिर उच्च जात भनिनेहरुको आर्थिक शोषण र अर्कोतिर छुवाछुत जस्तो अमानवीय जातीय विभेदको दोहोरो मारमा छन् दलितहरु । जातीय छुवाछुत मान्दैनांै भनेर छुवाछुतको कुरालाई बहसको विषय बनाइ भोट माग्ने राजनीतिक दलका नेताहरु र सप्ताह पुराणहरुमा मानव–मानव एकै हुन् जातीय भेदभाव गरी छुवाछुत गर्नुहँुदैन भनेर प्रवचन दिने पण्डितहरुको ब्यवहार चाहिँ ठीक उल्टो देखिन्छ । जातीय छुवाछुत विरुद्धको कानुनतः निरंकुश शासनका राजा महेन्द्रले २०२१ सालमै ल्याएकै थिए । गणतान्त्रिक सरकारले छुवाछुतको बिरुद्धको सवाललाई २०७२ सालको संविधानमै समेटेको छ । तर बिडम्बना ब्यवहार र चरित्र भने उस्तै छ । छुवाछुतबिरुद्धको कानुनलाई सतहीरुपमा बुझने उपल्ला भनिने जातिहरु र सरकारले कानुन बनाएकै छांै भनेर सरकारले कार्यान्वयन फितलो गरेर झारा टार्ने कामको रुपमा लियो भने सरकारले पनि चुनौतीको सामना गर्नुपर्नेछ ।
दलितका समस्या कुनै जाति वा समुदायको समस्या नभएर देशकै जल्दोबल्दो मुद्दा हो । जसको उचित समाधानविना समृद्धिको ढोका खुल्न सक्दैन । अतः गरिब भूमिहीन तर कृषि कर्म गरिरहेका दलित समुदायको आर्थिक तथा सामाजिक रुपान्तरण नभएसम्म उनीहरुको जीवनस्तर माथि उठ्न सक्दैन । केन्द्रीय दलित आयोगले बाइस जातिलाई दलितको सूचीका समावेश गरेको छ । नेपालमा कुल जनसंख्यँ को १३.५ प्रतिशत दलित भएको तथ्यांक छ । यसमध्ये ठूलोे हिस्सा विभेदपूर्ण, अपमानित, कष्टकर र अभाव पूर्ण जीवन बिताउन बाध्य छन्, जसका कारण नेपालको सामाजिक, आर्थिक, शैक्षिक मात्र होइन राजनीतिको मूलप्रवाहमा दलितहरु आउन सकेका छैनन् । १९१० मा लागु भएको ऐनबाट नै दलितहरु विभेदमा परी आएका हुन् । नेपालका हरेक राजनीतिक आन्दोलनमा दलितहरुको भूमिका महत्वपूर्ण रह्यो । राजनीतिक आन्दोलनहरुमा सयौं दलित हरुले शहादत प्राप्त गरेका छन् तर राज्यले उनीहरुको कदर गर्दैन । आफूहरुमाथि हँुदै आएको थिचोमिचो को अन्त्य गर्न र अपमानको बदला लिन सामन्तवादको अन्त्य गर्न तथा आम दलितहरुको मुक्तिका लागि सदियौंदेखि दलितहरुले संघर्ष गर्दै आएका छन् । तर बिडम्बना नेपालमा जतिपटक सरकार परिवर्तन भए पनि नेपाली दलितहरुले भोग्नुपरेका पीडा ज्यूँका त्यूँ छन् ।
दलितहरुले भोगिरहेका समस्याहरु राज्यको चरित्र, व्यवहार र त्यसले सिर्जना गरेका सामाजिक र सांस्कृतिक सम्बन्धमा आधारित छन् ।
नेपालको इतिहास हेर्ने हो भने शासक राजाहरुले आफूलाई खुशी पार्नेहरुलाई जग्गा बिर्ता दिने, कर्मचारीलाई तलबवापत जग्गा दिने चलन बिक्रम सम्बत १७७० तिरैबाट शुरु भएको हो । राणा शासकहरुको पालामा आउँदा राणाहरुले आफ्ना सेवक र चाकडीवाल हरुलाई जग्गा विर्तास्वरुप दिन्थे । सरकारी कर्मचारीलाई तलबको रुपमा जग्गा बिर्ता दिन्थे । राज्यले जग्गाको कर उठाउनका लागि तराईमा जमिन्दार र पहाडमा जिम्वालको ब्यबस्था गरेको थियो । तराईका जमिन्दारहरुले पारिश्रमिकवापत जिरायतका नाममा जग्गा पाउँथे । त्यही व्यवस्थाकै कारण भूमिमाथी विभेद शुरु भएको हो । जग्गा माथि यिनीहरुको शासन कायम भएपछि जग्गामाथि शक्ति बढ्दै गयो । यही शक्तिको प्रयोग गर्दै उनीहले जमिन आफूले थुपार्न थाले ।
जमिन्दारहरुले जमिन आफ्नो स्वामित्वमा राखेर जोत्न चाहिँ गरिब हरुलाई लगाउँथे ।
जग्गा जोतेवापत तीन महिना खान नपुग्ने अन्न दिन्थे । महिलालाई घरायसी काम र बाल बालिकाहरुलाई गाईवस्तु र भेडा बाख्रा को गोठालो पठाउन थालियो । यही बाट कमैया, कम्लरी, हरुवाचरुवा प्रथाको सूत्रपात भयो । जमिन्दारकै काम गर्ने तर खान नपाएपछि ऋण लिनुपर्ने अवस्था आयो र यिनीहरु जमिन्दारका दास बन्न थाले । धनी झन धनी र गरिब झन गरिब हुन थाले । दासताको चपेटामा खास गरेर तराईमा थारु, कुमाल, थापा, रावत र पहाड तथा तराई दमाई, कामी, सार्की, चमार आदि जातका दलितहरु जमिन्दारहरुको जाँतोमा पिसिदै गए । एकातिर जमिन्दारहरुको आर्थिक शोषण र अर्कोतिर छुवाछुत जस्तो अमानवीय जातीय विभेदजस्तो दोहोरो मारमा परेका दलितहरुको अवस्था झनपछि झन कठिन बन्दै गयो ।
केही वर्षदेखि नेपाल सरकारले छुवाछुतबिरुद्धको कानुन ल्याए पनि त्यसको कार्यान्वयन पक्ष प्रभावकारी देखिएन । नेपालको संविधान २०७२ लागु भएपछि जातीय विभेदको अन्त्य हुन्छ कि भन्ने आशा दलितहरुमा पलाएको छ तर कार्यान्वयनको पक्ष हेर्न बाँकी छ ।
संविधानले मौलिक हक अन्तर्गत दलितहरुलाई जातीय छुवाछुतबाट सुरक्षा दिए पनि उपल्ल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!