२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

प्रियासनले निकाल्दै ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ कविता संग्रह

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर २०, २०८२

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ ।
मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा समेटिएको साहित्यकार प्रियासनको भनाइँ छ ।

काठमाडौंमा विमोचन गर्ने तयारी गरिएको उक्त कविता संग्रहमा ५३ वटा कविताहरु समावेश गरिएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहनु भएका प्रियासनले प्रेस चौतारी नेपालको दुईपटक केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । विभिन्न सामाजिक अभियानहरुमा पनि जोडिनु भएका प्रियासनले यसैवर्ष तीन वटा उपन्यास प्रकाशन गरिसक्नु भएको छ । उहाँको १३ वटा उपन्यास, एकवटा कथा संग्रह, एक वटा सम्पादकीय संग्रह र थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । बजारमा प्रकाशनको तयारीमा रहेको कविता संग्रहमा देशको समृद्धि, सुशासन, सम्भावनाका थुप्रै विषयबस्तुहरु पूर्व प्रअ ओलीसँग जोडिएर लेखिएको प्रियासनको भनाइँ छ । कविता संग्रहमा एमाले महासचिव शंकर पोख्रेलसहित केही नेता र पत्रकारहरुको शुभकामना समेत समावेश गरिएको छ । कविता संग्रहको लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबाट आइएसबिएन नम्बर पनि ल्याई सकिएको प्रियासनले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

error: Content is protected !!