१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

जटिल रूपमा देखापरेको बालबिवाह जस्तो समस्याको समाधान गर्न समुदायका पक्षहरूले मिलेर लाग्नुपर्ने, राष्ट्रिय मानवअधिकार सम्बन्धि कार्यक्रम भालुवाङमा सम्पन्न :

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, आषाढ ३२, २०८३

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो ।

अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण गर्नका लागि समुदाय स्तरमा सबै मिलेर काम गर्नुपर्ने कार्यक्रममा सहभागीले औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिरले अशिक्षा र बेरोजगारीले गर्दा उमेर नपुग्दै गरिने बिवाहले मानवअधिकारमा गम्भीर असर परेको तथ्य उजागर गरेका छन् । साे सम्बन्धि कानूनले पनि खासै प्रभाव नपारेकाे मन्त्री अहिरकाे धारणा रहेको छ ।

बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका र राेल्पा जिल्लाकाे सुनिलस्मृति गाउँपालिकाका सम्बन्धित पालिकाहरुमा गई छलफल गर्दै परामर्श गर्नुका साथै सूचना दाताहरुसित सूचनाको सङ्कलन गरिएको थियो ।

 

परामर्श कार्यक्रममा लमही नगरपालिकाकी उपमेयर लक्ष्मी योगी, गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी, बालिका दुलही होइनन् ( girls not bride ) का प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष जित कुमारी बेलबासे, सिविन नेपालका विष्णु पौडेल लगायतका वक्ताहरुले आआफ्नो बिचार प्रस्तुत गरेका थिए ।

आयोगका केन्द्रीय कार्यालय, लैंगिक तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहालले सम्बन्धित विषयवस्तुको प्रस्तुतिकरण गरेकी थिइन् । संयोजन विज्ञ अनिता भट्टराईले खुला छलफलमा सहजीकरण र प्रस्तुतिकरण गरेकी थिइन् ।

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यले परामर्श कार्यक्रममा स्वागत गर्नुका साथै विषयवस्तुमाथि प्रकाश पारेका थिए ।

आयोगका माननीय सदस्य डा. लिली थापाको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा आयोगकै लुम्बिनी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत आशिष श्रेष्ठले सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]