२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

राजबिराज कारागारमा कैदीबन्दीहरुद्वारा शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ०२, २०८३

सप्तरी । राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवा र निष्पक्ष छानबिनको माग गर्दै कैदीबन्दीहरू तीन दिनदेखि आन्दोलित भएका छन्।

चौकीदार नियुक्तिका नाममा आर्थिक चलखेल गरेको आरोप लगाउँदै कैदीबन्दीहरूले कारागार परिसरमा शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारभित्र झडप र विवाद भएपछि प्रहरी परिचालन गरी हाल स्थिति सामान्य बनाउने प्रयास गरिएको बताउनुभयो।

सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ।

राजबिराज नगरपालिका–६ स्थित कारागारमा जेलर मण्डलले चौकीदार नियुक्तिका नाममा ठूलो आर्थिक चलखेल गर्दै कैदीबन्दीहरूबाट रकम असुलेको आरोप लगाउँदै उनीहरू तीन दिनदेखि आन्दोलनमा छन्। आन्दोलनरत कैदीबन्दीहरूले जेलर मण्डलको तत्काल सरुवा र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

आन्दोलन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीहरूले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ।

राजबिराज नगरपालिका -१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भनी चाैकीदार कामेश्वरर यादवले गत जेठ ५ गते कारागार बाहिरका विनोद यादव भन्ने व्यक्तिमार्फत जेलर मण्डलको नाउँमा आफूसँग ५ लाख घुस लिएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]