१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

कैलालीमा कुटपिटबाट महिलाको मृत्यु,सिसि क्यामरामा देखिएकाहरु खुलेयाम हिन्दै प्रहरीको अनुसन्धान सुरु

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०३, २०८३

कैलाली । अत्तरिया कैलालीको गौरीगंगा नगरपालिका-३, कुचैनीकी ५२ वर्षीया जालिना देवी चौधरीको शंकास्पद मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ। घटनाको वास्तविक कारण खुल्न नसकेपछि प्रहरीले पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गर्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतककी परिवार सदस्य माया चौधरीका अनुसार, घटनाभन्दा केही समयअघि जालिना देवीले नजिकैको एक छिमेकीको घरमा पुगेर चामल र नुन आँगनमा राखेकी थिइन्। तर, चामल राख्दैमा रुढीवादी परम्पराअनुसार बोक्सीको आरोप लगाउँदै उनलाई लछारपछार गर्दै घरसम्म पुर्‍याइएको उनले बताइन्।

जालिना देवी चौधरी छिमेकीको शौचालयमा लुकेकी थिइन्। तर, शौचालयको ढोका नै फोडेर उनीमाथि कुटपिट गरिएको परिवारको आरोप छ। त्यसपछि केही व्यक्तिले उनलाई तानेर मृतक परिवारको घरसम्म पुर्‍याएको दृश्य त्यहाँ जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो परिवारले प्रहरीलाई बुझाइसकेको दाबी गरेको छ। सिसी क्यामेरा भिडियोमा कैद भएका छिमेकी परिवारका सदस्यहरूलाई बोलाएर सोधपुछसँगै कारबाहीको दायरामा ल्याउन मृतक परिवारको माग छ।

मृतकका श्रीमान राजेन्द्र चौधरीका अनुसार, घर पुगेपछि जालिना देवी चौधरी आफ्नै कोठाको खटियामा सुतेकी थिइन्। भोलिपल्ट बिहान करिब ६ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेकाे उनले बताए। कुटपिटकै कारण उनको मृत्यु भएको परिवारको दाबी छ।

यद्यपि, घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरासिंह महराले घटनास्थलको प्रारम्भिक मुचुल्का तथा निरीक्षणका क्रममा मृतकको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको बताए। त्यसैले शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको उनले जानकारी दिए।

डीएसपी महराका अनुसार, हालसम्म पोस्टमार्टम रिपोर्ट प्राप्त नभएकाले मृत्युको वास्तविक कारण पुष्टि भइसकेको छैन। रिपोर्ट आएपछि मात्र हत्या हो वा अन्य कुनै कारणले भएको हो भन्ने स्पष्ट हुने उनले बताए।

उनले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको, घटनास्थल तथा आसपासका क्षेत्रबाट आवश्यक प्रमाण संकलन भइरहेको तथा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ जारी रहेको जानकारी दिए। अनुसन्धानबाट घटनाको वास्तविक रहस्य अवश्य खुल्ने डीएसपी महराको भनाइ छ।

यता, परिवार सदस्य माया चौधरीले पोस्टमार्टम सम्पन्न गरी शव घर ल्याइसकेर अन्त्यष्टि गरेको जानकारी गराएकी छन्। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न परिवारले माग गरेको छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट र अनुसन्धानको निष्कर्षपछि मात्र घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले अपराधी जो सुकै किन नहोस मान्छे मार्ने र कानुन हातमा लिनेेलाई पोस्टमाट्म रिपोर्ट आउने बितिकै थप अनुसन्धान र कार्वाही अगाडी बढाउने पीडितको जाहेरीले पक्राउ पनि गरिसकेको बताए । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ तत्कालै यो घटनाको छानबिन र ध्यानाकर्षण होस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]