१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न जिल्लामा बाढीको जोखिम,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन ०४, २०८३

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार आज ५ जिल्लामा बाढीको उच्च जोखिम र ३१ जिल्लामा मध्यम जोखिमको सम्भावना देखिएको छ।

आज कहाँ-कहाँ होला ठुलो वर्षा?

बाढी महाशाखाले भनेको छ, ‘आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना र झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

बाढी महाशाखाले उच्च जोखिम भएका ५ जिल्लालाई सुन्तला (अरेन्ज) र मध्यम जोखिम देखिएका ३१ जिल्लालाई पहेँलो (एल्लो) रङमा राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]