१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

नवलपरासी वन कार्यालयका अधिकृत २ लाख घुस रकम सहित पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

नवलपरासी फागुन १ डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अघिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा र कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेली रु.२,००,०००/- घुस रकमसहित पक्राउ परेका छन ।
उनिहरुले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनिहरुलाई घुस लिइसकेको अबस्थामा पक्राउ गरेको हो ।
उनिहरुलाई उक्त रकमसहित जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!