२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता राहुल गान्धी मंगलबार साँझ पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०५, २०८३

नयाँदिल्ली । पेपर लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता पक्राउ परेका छन्। प्रधानमन्त्री निवासनजिकै धर्नामा बसेका नेताहरूलाई प्रहरीले साँझ पक्राउ गरेको हो।

मंगलबार दिउँसो साढे ३ बजेदेखि प्रधानमन्त्री निवासनजिक धर्नामा बसेका काङ्ग्रेस नेता-कार्यकर्तालाई प्रहरीले उठाएर लगेको छ। पक्राउ पर्नेमा विपक्षी दलका नेतासमेत रहेका राहुल गान्धीसहित प्रियंका गान्धी, अध्यक्ष मल्लिकार्जुन खड्के, अखिलेश यादवलगायत रहेका छन्।

तीन घण्टासम्म चलेको धर्नाका क्रममा सरकारले राहुल गान्धीसँग दुई पटक वार्ता गरे पनि उनी आफ्नो अडानबाट पछि हटेनन्। त्यसपछि १०० भन्दा बढी प्रहरी घटनास्थलमा पुगेका थिए। काङ्ग्रेस नेता–कार्यकर्ताले घेरा बनाएर राहुलसम्म प्रहरी पुग्न नदिने प्रयास गरेका थिए।

करिब आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको अवस्था सिर्जना भयो। प्रहरीले लाठीचार्जसमेत गरेको थियो। अन्ततः एक दर्जनभन्दा बढी प्रहरीको टोलीले नेताहरूलाई नियन्त्रणमा लिएको हो।

भारतीय कांग्रेसले विशेष गरेर कक्रोच जनता पार्टी (सिजेपी) को विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूमाथि भएको कुटपिट र धरपकडप्रति गम्भीर विमतीसहित धर्ना सुरु गरेको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]