१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

भारतबाट केरा आयात रोकिएपछि बजारमा केराको मूल्य प्रतिदर्जन ३०० रुपैयाँ पुग्यो,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, साउन ०६, २०८३

काठमाडौं । स्थानीय बजारमा केराको मूल्य निरन्तर बढ्दै गएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोक बजारमा केराको मूल्य प्रतिदर्जन अधिकतम ३०० रुपैयाँ पुगेको छ।

समितिको तथ्यांकअनुसार बुधबार थोक बजारमा केरा प्रतिदर्जन न्यूनतम २००, अधिकतम ३०० तथा औसत २५० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा औसत २५ रुपैयाँले बढी हो। मंगलबार केरा प्रतिदर्जन न्यूनतम २००, अधिकतम २५० र औसत २२५ रुपैयाँमा कारोबार भएको थियो।

थोक बजारमै मूल्य बढेसँगै खुद्रा बजारमा उपभोक्ताले अझ बढी मूल्य तिर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ। व्यवसायीका अनुसार भारतबाट केराको आयात रोकिएपछि स्थानीय उत्पादनको माग बढेको छ। किसानले बारीबाटै महँगो मूल्यमा केरा बिक्री गर्न थालेपछि त्यसको प्रत्यक्ष असर बजार मूल्यमा परेको उनीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]