२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

भारतबाट केरा आयात रोकिएपछि बजारमा केराको मूल्य प्रतिदर्जन ३०० रुपैयाँ पुग्यो,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, साउन ०६, २०८३

काठमाडौं । स्थानीय बजारमा केराको मूल्य निरन्तर बढ्दै गएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोक बजारमा केराको मूल्य प्रतिदर्जन अधिकतम ३०० रुपैयाँ पुगेको छ।

समितिको तथ्यांकअनुसार बुधबार थोक बजारमा केरा प्रतिदर्जन न्यूनतम २००, अधिकतम ३०० तथा औसत २५० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा औसत २५ रुपैयाँले बढी हो। मंगलबार केरा प्रतिदर्जन न्यूनतम २००, अधिकतम २५० र औसत २२५ रुपैयाँमा कारोबार भएको थियो।

थोक बजारमै मूल्य बढेसँगै खुद्रा बजारमा उपभोक्ताले अझ बढी मूल्य तिर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ। व्यवसायीका अनुसार भारतबाट केराको आयात रोकिएपछि स्थानीय उत्पादनको माग बढेको छ। किसानले बारीबाटै महँगो मूल्यमा केरा बिक्री गर्न थालेपछि त्यसको प्रत्यक्ष असर बजार मूल्यमा परेको उनीहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]