१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

दाङमा पनि नक्कली नोटको बिगबिगी दाङ जिल्ला प्रहरीको अनुसन्धान र कार्वाही तीव्रता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०८, २०८३

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ।

घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ।
नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ ।

दाङ प्रहरीले केही दिनअघि घोराहीबाट नक्कली नोटसहित २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको पनि छ।

नोट हेर्दा घाममा उज्यालोमा वाटरमार्क, सेक्युरिटी थ्रेड र लुकेको अंक जाँच्ने छुँदा असली जस्तो नोटको कागज अलि खस्रो र उभारिएको हुन्छ
मोबाइलको टर्च बालेर हेर्ने वा कलमले जाँच्ने
शंका लागे तुरुन्त नजिकको प्रहरीलाई खबर गर्ने

चाडबाडको समयमा यस्तो ठगी बढ्ने भएकाले व्यापारी र सर्वसाधारण दुवै सचेत हुनुपर्छ। १००० को एउटा नक्कली नोटले पनि सानो पसलवालालाई ठूलो घाटा हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]