२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

दाङमा पनि नक्कली नोटको बिगबिगी दाङ जिल्ला प्रहरीको अनुसन्धान र कार्वाही तीव्रता,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०८, २०८३

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ।

घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ।
नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ ।

दाङ प्रहरीले केही दिनअघि घोराहीबाट नक्कली नोटसहित २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको पनि छ।

नोट हेर्दा घाममा उज्यालोमा वाटरमार्क, सेक्युरिटी थ्रेड र लुकेको अंक जाँच्ने छुँदा असली जस्तो नोटको कागज अलि खस्रो र उभारिएको हुन्छ
मोबाइलको टर्च बालेर हेर्ने वा कलमले जाँच्ने
शंका लागे तुरुन्त नजिकको प्रहरीलाई खबर गर्ने

चाडबाडको समयमा यस्तो ठगी बढ्ने भएकाले व्यापारी र सर्वसाधारण दुवै सचेत हुनुपर्छ। १००० को एउटा नक्कली नोटले पनि सानो पसलवालालाई ठूलो घाटा हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]