०९ साउन २०८३, शनिबार
25-07-2026 , Sat
×

ट्राफिक प्रहरी कार्यालय लमहीका इन्चार्ज प्रहरी नायब निरीक्षक मधु थापाको कमान्डमा स्कुल बसमा चेकजाँच,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०८, २०८३

दाङ । लमही अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक मधु थापाको कमान्डमा लमहीमा स्कुल बस चेकजाँच अभियान चलाइएको छ ।

क्षमताभन्दा बढी विद्यार्थी ओसारपसार गरेको ४ वटा स्कुल बसलाई कारबाही गरिएको छ ।
ओभरलोड, सिट बेल्ट नभएको,ढोकामा झुण्डिएर यात्रा गराउने जस्ता गल्तीमा कारबाही परेको छ
बाँकी १५ भन्दा बढी विद्यालय बसका चालक र सहचालकलाई

– सडक सुरक्षा
– ट्राफिक नियम
– दुर्घटना न्यूनिकरण
बारे सचेतना दिइएको थियो

किन जरुरी थियो यो अप्रेसन लमही-भालुवाङ सडकमा स्कुल बस दुर्घटनाको जोखिम बढ्दै गएको थियो। क्षमता भन्दा २ गुणा बढी विद्यार्थी कोचेर राख्दा ब्रेक लागेन भने वा ठक्कर भयो भने ठूलो क्षति हुन्छ। सानो लापरवाहीले धेरै जीवन जोखिममा पर्छ।

प्रहरी नायब निरीक्षक मधु थापाको नेतृत्वमा भएको यो अभियानले अभिभावक र विद्यालयलाई पनि सजग बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक मधु थापाको कमान्डमा लमहीमा स्कुल बस चेकजाँच अभियान चलाइएको छ । क्षमताभन्दा बढी विद्यार्थी ओसारपसार गरेको ४ वटा स्कुल बसलाई कारबाही गरिएको छ । ओभरलोड, सिट बेल्ट नभएको,ढोकामा झुण्डिएर यात्रा गराउने जस्ता गल्तीमा कारबाही परेको छ बाँकी १५ भन्दा बढी विद्यालय बसका चालक र […]

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ। घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ। नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ । दाङ […]

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

error: Content is protected !!