१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

नेपालगन्ज भन्सारमा हरेक समानको कडाइ भएपछि बाँकेको सिमानाका रुपैडिहा बजार सुनसान,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ०९, २०८३

बाँके । सीमाको रुपैडिहा बजार अहिले साँच्चै सुनसान भएको छ। पहिले भारत-नेपाल दुवैतर्फका ग्राहकले भरिभराउ हुने बजारमा अहिले ग्राहक नपाएर पसल बन्द गर्ने अवस्थामा व्यापारी पुगेका छन् ।

सिमाना कडाइ हुँदा दुवै देशको सुरक्षा र चेकजाँच कडा हुँदा सर्वसाधारणको आवतजावत घट्यो
स्थानीय ग्राहक पनि अब अनलाइनबाट सामान किन्न थालेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा पनि चहलपहल नहुनु पहिले तीज, दशैं अगाडि बजार खचाखच हुन्थ्यो

व्यापारीको गुनासो भाडा, कर, कर्मचारीको तलब तिर्नै गाह्रो भयो। दिनभर पसल खोलेर २-४ सय पनि उठ्दैन। अब बन्द गर्नुको विकल्प छैन”धेरै पसलधनीको यही पीडा छ।

रुपैडिहा नाका नेपालगन्जको प्रमुख व्यापारिक केन्द्र हो। यो बजार थला पर्दा नेपालगन्जको समग्र व्यापार, होटल, यातायात सबैमा असर पर्छ।

स्थानीय सरकार र वाणिज्य संघले बजार प्रवर्द्धन, मेला, र सुरक्षा सहज बनाएर ग्राहक फर्काउने पहल गर्नुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]