०९ साउन २०८३, शनिबार
25-07-2026 , Sat
×

नेपालगन्ज भन्सारमा हरेक समानको कडाइ भएपछि बाँकेको सिमानाका रुपैडिहा बजार सुनसान,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ०९, २०८३

बाँके । सीमाको रुपैडिहा बजार अहिले साँच्चै सुनसान भएको छ। पहिले भारत-नेपाल दुवैतर्फका ग्राहकले भरिभराउ हुने बजारमा अहिले ग्राहक नपाएर पसल बन्द गर्ने अवस्थामा व्यापारी पुगेका छन् ।

सिमाना कडाइ हुँदा दुवै देशको सुरक्षा र चेकजाँच कडा हुँदा सर्वसाधारणको आवतजावत घट्यो
स्थानीय ग्राहक पनि अब अनलाइनबाट सामान किन्न थालेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा पनि चहलपहल नहुनु पहिले तीज, दशैं अगाडि बजार खचाखच हुन्थ्यो

व्यापारीको गुनासो भाडा, कर, कर्मचारीको तलब तिर्नै गाह्रो भयो। दिनभर पसल खोलेर २-४ सय पनि उठ्दैन। अब बन्द गर्नुको विकल्प छैन”धेरै पसलधनीको यही पीडा छ।

रुपैडिहा नाका नेपालगन्जको प्रमुख व्यापारिक केन्द्र हो। यो बजार थला पर्दा नेपालगन्जको समग्र व्यापार, होटल, यातायात सबैमा असर पर्छ।

स्थानीय सरकार र वाणिज्य संघले बजार प्रवर्द्धन, मेला, र सुरक्षा सहज बनाएर ग्राहक फर्काउने पहल गर्नुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष ८२–८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ हजार ४५२ सवारी साधनमाथि कारबाही गरेको छ । त्यसबाट एक करोड ९५ लाख ७९ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने […]

error: Content is protected !!