१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

टाउको दुख्नुको कारण के के हुन्

Logo
ABC-Sanchar प्रकाशित आइतबार, साउन १०, २०८३

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ ।

म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ ।

त्यस्तै कहिलेकाँही भिटामिन डीको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । यसले सुन्निने समस्या तथा न्यूरोन्सको काम गर्ने तरिकालाई पनि प्रभावित पार्न सक्छ ।

त्यस्तै एनीमिया अर्थात शरीरमा आइरनको कमीले पनि टाउको दुख्ने समस्या हुन्छ । यसका लागि तपाईंले आइरन भरपूर पाइने खानेकुरा खानुपर्दछ ।

विभिन्न अध्ययनमा देखिएअनुसार आइरनको कमी भएका व्यक्तिमा टाउको दुख्ने समस्या ८० प्रतिशतसम्म हुने गरेको छ।

त्यस्तै आहारमा म्याग्नेशियम, राइबोफ्लोविन, ओमेगा ३, ओमेगा ६ र भिटामिन डी जस्ता पोषक तत्व सामेल गरेर टाउको दुख्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]