१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

सामाजिक सञ्जालहरुको दुरुपयोग र सुरक्षा चुनौती

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन १०, २०८३

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय सामग्री प्राप्त गर्न र साझा बनाउन मद्दत गरिरहेका छन्।

सन् २०२२ मा फेसबुकले सार्वजनिक गरेको आँकडा अनुसार विश्वमा २.९ अर्ब (२९० करोड) मानिस यसका सक्रिय प्रयोगकर्ता रहेका छन्। सन् २०२२ मा युट्युबले पनि आफ्नो प्रयोगकर्ता सार्वजनिक गर्‍यो। जसको आँकडामा लगभग २.१५ अर्ब (२१५ करोड) मानिसहरू यसको सक्रिय प्रयोगकर्ता रहेका छन्। युट्युबले विश्वभरि विभिन्न धर्म, सांस्कृतिक, विज्ञान, मनोरञ्जन, शिक्षा र अन्य क्षेत्रमा सामग्री प्रसारण गर्दछ। यसले लोकप्रियता, विस्तार र प्रभावमा विश्वभरि पहुँच प्राप्त गरेको छ।

यसै गरी अन्य सामाजिक सञ्जालहरूको प्रयोगकर्तालाई हेर्ने हो भने पनि त्यतिकै व्यापक रूपमा विस्तार भइरहेको छ। जस्तो कि टिकटक प्रयोगकर्ता आँकडामा लगभग ९.५ अर्ब (९५० करोड), इन्स्टाग्राम प्रयोगकर्ता लगभग १६ अर्ब (१६०० करोड), लिंक्डइन प्रयोगकर्ता आँकडामा लगभग ७.५ अर्ब (७५० करोड), टम्ब्लर प्रयोगकर्ता लगभग ५७ मिलियन (५.७ करोड), रेडिट प्रयोगकर्ता आँकडामा लगभग ४७ करोड रहेको छन्।

समेत प्रयोग गरिरहेका छन्। यसले ल्याएको खुलापनले मनोरञ्जनका लागि उपयुक्त सामग्री प्रदान गरिरहेको छ।

विडम्बना सामाजिक सञ्जालमा यावत् किसिमका फाइदा हुँदाहुँदै पनि यसको उचित किसिमले प्रयोग नगर्दा आजभोलि सामाजिक सञ्जालको दुरुपपोग बढ्दै गएको छ र आजको दुनियाँलाई ठूलो चुनौती थपेको छ।

सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले आजभोलि पत्रकारिता जस्तो मर्यादित पेशा माथि नै प्रश्न उठ्न थालेको छ। जस्तो कि गलत सन्देश प्रसारण र छाडा र अपाच्य दृश्यहरूको प्रचारप्रसार। पत्रकारिताको सामान्य नीतिनियमको समेत ख्याल नगरी गरिने गलत समाचार सम्प्रेषण।

बढ्दो साइबर अपराध जसले विना कारण मानिसको जीवनमा समस्या सृजना गरिरहेको छ। मानसिक समस्या निम्त्याइरहेको छ। दिन प्रतिदिन आत्महत्याका घटनाहरू घटिरहेका छन्। अनावश्यक आर्थिक भार थपिरहेको छ। कतिपय मानिसहरूलाई शारीरिक रूपमा समेत दुःख दिइरहेको छ। सामाजिक सञ्चालको प्रयोगले गर्दा हत्या, हिंसा, बलात्कार, अपहरण, चोरी, डकैती जस्ता आपराधिक घटना समेत घटिरहेका छन्।

देख्न पाए न सुन्न। त्यो कालो युगमा जन्मिए, कालै युगमा वितेर गए। सायद उनीहरूले कल्पना समेत गरेका थिएनन् होला एक दिन यो विश्व एउटा सानो गाउँ हुनेछ भनेर। कहिल्यै महसुस पनि गरेका थिएनन् होला ओछ्यानमै बसेर सात समुद्र पारिको प्रियजनसँग घन्टौं गफिन सकिन्छ भनेर। आजको यो स्वर्णिम युग देख्नसम्म पाएका भए कति धन्य हुने थिए होलान् ती मान्छेहरू!

हिजोको अँध्यारो दुनियाँ र आजको झिलिमिली दुनियाँ दाँजेर हेरौं न। साँच्चै कति स्वर्णिम युगमा बाँच्न पाएका छौं हामी। एउटा पत्र लेखेर सम्बन्धित मान्छेको हातमा पर्नको लागि महिनौं कुर्नुपर्ने त्यो जमाना अनि विश्वको जुनसुकै ठाउँबाट पनि सेकेण्ड भरमा भावना साटासाट गर्न पाइने आजको यो दुनियाँ। हिजोका हाम्रा पुर्खाहरू त्यो कालो युगमा कति कष्टकर जीवन बाँचेका थिए होलान्, जहाँ न उज्यालो थियो न सञ्चार थियो। एक ठाउँबाट अर्को ठाउँ जान समेत महिनौं पाइताला खियाउनुपर्थ्यो। यस मानेमा हामी कैयौं गुणा भाग्यमानी छौं।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!