१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

रुपन्देही प्रहरीद्वारा भारतीय नक्कली नोटसहित २ जना भारतीय नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १५, २०८३

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित खड्का खाजा घरमा भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतका २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट भारतीय नक्कली नोट रु. ७०,००० (५०० दरका १४० थान), सक्कली भारतीय मुद्रा रु. २,७५८, नेपाली नगद रु. २,१८० तथा २ थान मोबाइल बरामद भएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]