१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

नेपालगन्जको भन्सार यात्रु शाखामा दर्जनौं प्रहरी हुँदाहुँदै कसरी भयो इन्डियन स्कार्पियोमा A/C तस्करी?

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १५, २०८३

बाँके । नेपालगन्ज दर्जनौं प्रहरीको उपस्थितिमै भन्सार छली भएको यो घटनाले फेरि सीमा सुरक्षामाथि प्रश्न उठाएको छ।

नेपालगन्जको मुख्य सिमानाकाको भन्सार,यात्रु शाखाबाट इन्डियन गाडी स्कार्पियो नं. GJ18BO899 बिना भन्सारका A/C कपडामा बेरिएको देखे पछी

नेपालगन्ज भन्सारका कर्मचारी तिर्थ निरौलाले
चेकजाँचको क्रममा फेला परेपछि सामान भन्सारमा बुझाएका थिए ।

त्यहाँ दर्जनौं सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको ठाउँमा गाडी कसरी “बिना भन्सार” छिर्यो?

चेकपोस्ट, गस्ती, निगरानी सबै हुँदाहुँदै यो कसरी सम्भव भयो? लापरबाही हो कि मिलेमतो हो ?

भन्सारले आवश्यक राजस्व असुल र कारबाही प्रक्रिया अगाडि बढाएको छ। गाडी र A/C नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक IGP नारायण दत्त पौडेलले साउन १० गते नै लुम्बिनी सीमानाकामा अवैध क्रियाकलापमा कडाइ गर्न” निर्देशन दिएका थिए। त्यसको केही दिनमै नेपालगन्जमा यस्तो भेटिनुले फिल्डमा निर्देशन कत्तिको कार्यान्वयन भयो भन्ने देखाउँछ मुख्य भन्सार यात्रु शाखामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डियुटी २४ औ घन्टा हुदाहुदै पनि बिना गाडी चेकजाँच न गरेर कसरी पास भयो ।

भन्सार कर्मचारी तिर्थ निरौलाले चेक गरेर समात्नु राम्रो काम हो। तर सीमा सुरक्षाको जिम्मा पाएका निकायले जवाफ दिनुपर्ने बेला आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]