बाँके । नेपालगन्ज दर्जनौं प्रहरीको उपस्थितिमै भन्सार छली भएको यो घटनाले फेरि सीमा सुरक्षामाथि प्रश्न उठाएको छ।
नेपालगन्जको मुख्य सिमानाकाको भन्सार,यात्रु शाखाबाट इन्डियन गाडी स्कार्पियो नं. GJ18BO899 बिना भन्सारका A/C कपडामा बेरिएको देखे पछी
नेपालगन्ज भन्सारका कर्मचारी तिर्थ निरौलाले
चेकजाँचको क्रममा फेला परेपछि सामान भन्सारमा बुझाएका थिए ।
त्यहाँ दर्जनौं सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको ठाउँमा गाडी कसरी “बिना भन्सार” छिर्यो?
चेकपोस्ट, गस्ती, निगरानी सबै हुँदाहुँदै यो कसरी सम्भव भयो? लापरबाही हो कि मिलेमतो हो ?
भन्सारले आवश्यक राजस्व असुल र कारबाही प्रक्रिया अगाडि बढाएको छ। गाडी र A/C नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक IGP नारायण दत्त पौडेलले साउन १० गते नै लुम्बिनी सीमानाकामा अवैध क्रियाकलापमा कडाइ गर्न” निर्देशन दिएका थिए। त्यसको केही दिनमै नेपालगन्जमा यस्तो भेटिनुले फिल्डमा निर्देशन कत्तिको कार्यान्वयन भयो भन्ने देखाउँछ मुख्य भन्सार यात्रु शाखामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डियुटी २४ औ घन्टा हुदाहुदै पनि बिना गाडी चेकजाँच न गरेर कसरी पास भयो ।
भन्सार कर्मचारी तिर्थ निरौलाले चेक गरेर समात्नु राम्रो काम हो। तर सीमा सुरक्षाको जिम्मा पाएका निकायले जवाफ दिनुपर्ने बेला आएको छ ।