३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

भारतमा दुई बच्चाको हत्या गरि दम्पत्तिद्वारा आत्महत्या

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

भारतमा दुई बच्चाको हत्या गरेर एक दम्पत्तिले आत्महत्या गरेका छन्। भारतको वाराणसी, आदिमपुरस्थित मुकिमगञ्जमा बस्ने चेतन तुलस्यान र उनकी पत्नी ऋतुले आफ्ना दुबै सन्तानको हत्या गरेर आत्महत्या गरेको एसएसपी प्रभाकर चौधरीले जानकारी दिए।
उनका अनुसार घरको एउटा कोठामा दुई बच्चाको शव भेटिए भने अर्को कोठामा दम्पत्ति झुन्डिरहेको अवस्थामा भेटिएको थियो। गरिबीका कारण आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार चेतन डिप्रेसनका सिकार पनि थिए।
चेतन पंखा बनाउने काम गर्थे। आत्महत्या गर्नुअघि चेतनले हेल्पलाइनमा सूचनासमेत दिएको बताइएको छ। चेतनको घरमा प्रहरी पुग्दा भने उनीहरु मृतावस्थामा भेटिएका थिए।
प्रहरीका अनुसार दम्पत्तिले बच्चाको खानेकुरामा निदको औषधि मिसाएका थिए। पछि दुबैको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!