१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि स्थगन गर्न सहमत,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १८, २०८३

एजेन्सी । भएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले सो जानकारी दिएका हुन् । आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानका विरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामर्थ्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो ।

‘यति हुँदाहुँदै पनि, इरान र अन्य मध्यपूर्वी देशहरूले एउटा सम्झौताको खाका (पेरिमीटर)मा सहमति भइसकेको भन्दै हामीलाई आक्रमण रोक्न अनुरोध गरेका छन् ।’ उनले भनेका छन् ।

ट्रम्पकाअनुसार प्रस्तावित सम्झौतामा हर्मुज जलसन्धिलाई तुरुन्त र पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक खतरालाई अन्त्य गर्ने विषयहरू समावेश रहेका छन् । यद्यपि उहाँले यो निर्णय तत्काल ठोस सम्झौता हुने शर्तमा मात्र निर्भर रहने चेतावनी समेत दिए ।

यसअघि शुक्रवार वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि नयाँ आक्रमण गर्न सेनालाई आदेश दिएको र उक्त कारबाही यसै साताको अन्त्यसम्ममा शुरु भई केही दिन जारी रहने समाचार प्रकाशित गरेको थियो । त्यसैगरी, ‘सीबीएस न्युज’ ले पनि अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी तिब्र हमलाको तयारी गरिरहेको उल्लेख गरेको थियो । यसैबीच, इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले शनिवार अमेरिकालाई कुनै पनि दुःसाहसपूर्ण’ कदम नचाल्न चेतावनी दिए । इरानी समाचार संस्था मेहरकाअनुसार अराघचीले सम्भावित सैन्य कदमको परिणाम सम्बन्धित पक्षले नै भोग्नुपर्ने स्पष्ट पाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]