एजेन्सी । भएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले सो जानकारी दिएका हुन् । आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानका विरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामर्थ्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो ।
‘यति हुँदाहुँदै पनि, इरान र अन्य मध्यपूर्वी देशहरूले एउटा सम्झौताको खाका (पेरिमीटर)मा सहमति भइसकेको भन्दै हामीलाई आक्रमण रोक्न अनुरोध गरेका छन् ।’ उनले भनेका छन् ।
ट्रम्पकाअनुसार प्रस्तावित सम्झौतामा हर्मुज जलसन्धिलाई तुरुन्त र पूर्ण रूपमा खुला गर्ने तथा इरानको आणविक खतरालाई अन्त्य गर्ने विषयहरू समावेश रहेका छन् । यद्यपि उहाँले यो निर्णय तत्काल ठोस सम्झौता हुने शर्तमा मात्र निर्भर रहने चेतावनी समेत दिए ।
यसअघि शुक्रवार वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले इरानमाथि नयाँ आक्रमण गर्न सेनालाई आदेश दिएको र उक्त कारबाही यसै साताको अन्त्यसम्ममा शुरु भई केही दिन जारी रहने समाचार प्रकाशित गरेको थियो । त्यसैगरी, ‘सीबीएस न्युज’ ले पनि अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी तिब्र हमलाको तयारी गरिरहेको उल्लेख गरेको थियो । यसैबीच, इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले शनिवार अमेरिकालाई कुनै पनि दुःसाहसपूर्ण’ कदम नचाल्न चेतावनी दिए । इरानी समाचार संस्था मेहरकाअनुसार अराघचीले सम्भावित सैन्य कदमको परिणाम सम्बन्धित पक्षले नै भोग्नुपर्ने स्पष्ट पाए ।