१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

बलिउडकी अभिनेत्री रश्मिका मन्दाना घाइते,

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन १८, २०८३

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन्दाना घाइते भएकी छन् । एक फिल्मको सुटिङका क्रममा उनी घाइते भएकी हुन् । एक डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मर (हिप)मा गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चोटका कारण चिकित्सकले उनलाई करिब ६ हप्तासम्म पूर्ण रूपमा आरामका लागि सल्लाह दिएका छन् । आगामी फिल्मका लागि कठिन एक्सन र डान्स दृश्यको छायाङ्कन गर्ने क्रममा उनलाई यो चोट लागेको हो ।

समाचारबा अनुुा डान्स सुटिङका क्रममा रश्मिकाको कम्मरको हड्डी छुट्टिएको छ । यो चोट निकै गम्भीर प्रकृतिको भएकाले उनलाई निको हुन र पुनः सुटिङमा फर्कन केही समय लाग्ने देखिएको छ । रश्मिका हाल ‘रणबाली’ र ‘मैसा’ जस्ता फिल्महरूको तयारी र छायाङ्कनमा व्यस्त थिइन् ।

रश्मिकाको चोटको गम्भीरता देखेर चिकित्सा विज्ञहरूले समेत आश्चर्य व्यक्त गरेका छन् । विशेषज्ञहरूका अनुसार यस्तो प्रकारको चोट सामान्यतया व्यावसायिक एथलीटहरूमा मात्र देखिने गरिन्छ । अहिले उनी घरमै आराम गरिरहेकी छिन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]