२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बलिउडकी अभिनेत्री रश्मिका मन्दाना घाइते,

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन १८, २०८३

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन्दाना घाइते भएकी छन् । एक फिल्मको सुटिङका क्रममा उनी घाइते भएकी हुन् । एक डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मर (हिप)मा गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चोटका कारण चिकित्सकले उनलाई करिब ६ हप्तासम्म पूर्ण रूपमा आरामका लागि सल्लाह दिएका छन् । आगामी फिल्मका लागि कठिन एक्सन र डान्स दृश्यको छायाङ्कन गर्ने क्रममा उनलाई यो चोट लागेको हो ।

समाचारबा अनुुा डान्स सुटिङका क्रममा रश्मिकाको कम्मरको हड्डी छुट्टिएको छ । यो चोट निकै गम्भीर प्रकृतिको भएकाले उनलाई निको हुन र पुनः सुटिङमा फर्कन केही समय लाग्ने देखिएको छ । रश्मिका हाल ‘रणबाली’ र ‘मैसा’ जस्ता फिल्महरूको तयारी र छायाङ्कनमा व्यस्त थिइन् ।

रश्मिकाको चोटको गम्भीरता देखेर चिकित्सा विज्ञहरूले समेत आश्चर्य व्यक्त गरेका छन् । विशेषज्ञहरूका अनुसार यस्तो प्रकारको चोट सामान्यतया व्यावसायिक एथलीटहरूमा मात्र देखिने गरिन्छ । अहिले उनी घरमै आराम गरिरहेकी छिन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]