१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
×

खाना पकाउने एलपी ग्यासका लागि काठमाडौँमै सर्वसाधारण घण्टौँ लाइन बस्न बाध्य,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन १८, २०८३

काठमाडौँ । टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालय परिसरमा सोमबार बिहानैदेखि सयौँ उपभोक्ता लाइनमा लागेका छन्। विभिन्न कम्पनीका सिलिन्डर बोकेर पालो पर्खिरहेका छन्।

नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको कुनै अभाव नरहेको दाबी गरेको छ। तर खुद्रा डिलरमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर सर्वासाधारण टेकु पुगेका हुन्।

नेसनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास बिक्री–वितरण गर्ने समय तोकिएको छ। जसले गर्दा बिहानैदेखि सर्वसाधारणको लामो लाइन लागेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको चरम अभावले आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ। अत्यावश्यक उपभोग्य वस्तुका रूपमा रहेको ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा सर्वसाधारण घण्टौंसम्म पसल अगाडि लाइन बस्न बाध्य छन्। यसले नागरिकको समय, श्रम र सम्मानमाथि समेत असर पुर्‍याएको छ। यस्तो अवस्था लामो समयसम्म कायम रहनु सरकारको […]

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी प्रमुख *प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्री* ज्यूले *जिल्ला प्रहरी कार्यालय दाङ* मातहतको *इलाका प्रहरी कार्यालय तुलसीपुरको स्थलगत अनुगमन गर्नुभयो। अनुगमनका क्रममा दिइएका मुख्य निर्देशनहरू: अपराध नियन्त्रण*: चोरी, डकैती, ठगी लगायतका घटनामा प्रभावकारी अनुसन्धान र द्रुत कारबाही शान्ति-सुरक्षा: स्थानीय स्तरमा गस्ती बढाउने, संवेदनशील क्षेत्रमा निगरानी कडा पार्ने ट्राफिक व्यवस्थापन*: […]

काठमाडौं । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी रिहा गर्न आदेश दिएको हो । आइतबार राति घरबाटै पक्राउ गरिएका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरको अनुसन्धानका लागि भन्दै भक्तपुर सरकारी वकिल कार्यालयले माग गरेको थियो। तर सरकारी वकिल कार्यालयले सात दिन माग […]

error: Content is protected !!