१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

खाना पकाउने एलपी ग्यासका लागि काठमाडौँमै सर्वसाधारण घण्टौँ लाइन बस्न बाध्य,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, साउन १८, २०८३

काठमाडौँ । टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालय परिसरमा सोमबार बिहानैदेखि सयौँ उपभोक्ता लाइनमा लागेका छन्। विभिन्न कम्पनीका सिलिन्डर बोकेर पालो पर्खिरहेका छन्।

नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको कुनै अभाव नरहेको दाबी गरेको छ। तर खुद्रा डिलरमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर सर्वासाधारण टेकु पुगेका हुन्।

नेसनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास बिक्री–वितरण गर्ने समय तोकिएको छ। जसले गर्दा बिहानैदेखि सर्वसाधारणको लामो लाइन लागेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]