१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

काठमाडौँमा आकस्मिक बाढीको उच्च जोखिम सतर्कता अपनाउन,पूर्वानुमान महाशाखा अनुरोध

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, साउन १९, २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार आज बिहानको मापन गर्दा देशका ठुला तथा प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।

कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बाढीको कुनै ठुलो जोखिम देखिएको छैन।

यद्यपि, साना नदीहरूमा भने बाढीको खतरा औँल्याइएको छ। आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’ को उच्च जोखिम रहेको बताएको छ।

त्यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने साना नदीमा पनि बहाव बढ्नेछ। यी क्षेत्रका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाको भनाइ छ।

भोलि सातै प्रदेशका केही साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]