०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

ग्यासमा कालोबजारी गरेको जनगुनासो गरेपछि जिल्लाका सबैजसो डिलरमा प्रशासनले अनुगमन

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २४, २०८३

काठमाडौं । हप्तौँ अघि कुपन काटेर पर्खँदा र घण्टौँ लाइन बस्दा पनि ग्यास नपाएका उपभोक्ताले ग्यासको समान वितरण नभएको गुनासो गरेपछि प्रशासनले अनुगमन थालेको हो। सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जिल्ला अनुगमन टोलीले सदरमुकाम गाईघाट, बोक्से, मोतिगडा, देउरी, जलजले, राजाबास र चुहाडेक्षेत्रका सबै डिलरमा अनुगमन थालेको हो।

शनिबार बिहानदेखि अनुगमन थालेको टोलीले दिउँसोसम्म लगाएर डिलर चाहर्दै अनुगमन थालेको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार उपभोक्तालाई समान र व्यवस्थित रूपमा ग्यास वितरण सहज बनाउन सबै ग्यास डिलरहरूको अनुगमन थालिएको हो।

एक महिनायता ग्यासको हाहाकार भइरहेको अवस्थामा उपभोक्ताले कुपन काटेर हप्तौँ पर्खँदा र घण्टौँ लाइन बस्दा पनि ग्यास नपाइरहेको जनगुनासोका आधारमा माथिल्लो निकाय कै निर्देशनमा अनुगमन कार्य थालिएको सिडिओ मंग्रातीले बताए।

प्रशासन, प्रहरी, घरेलु, स्थानीय सरकार र उद्योग वाणिज्य संघ संगठनका प्रतिनिधि सम्मिलित टोलीले गरेको अनुगमनमा कुनै पनि डिलरमा कैफियत भने नभेटेको जनाइएको छ। पहिलो दिनको अनुगमनमा कालो बजारी गरेको, ग्यास लुकाएको, तौल घटिबढी भएको या बढी मूल्य लिएकोजस्ता कैफियत केही नभेटिएको मंग्रातीले बताए।

‘उपभोक्तामा ग्यासको हाहाकार भइरहेको जनगुनासो आएको भन्दै हामीलाई माथिबाटै नियमन गर्ने आदेश आए बमोजिम अनुगमन थालेका हौँ’ सिडिओ मंग्रातीले भने ‘सदरमुकाममा मात्र नभएर जिल्लाका सबै स्थानीय तहहरू र बजारका डिलरमा अनुगमन कार्य थालेका हौँ।’

प्रशासनले गाईघाटबाहेक कटारी, बेलका, चौदण्डीगढी नगरपालिकाका विभिन्न बजारहरूमा पनि अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। शनिबार नभ्याएका डिलरहरूमा आइतबार पनि टोली खटाएर अनुगमन गर्ने प्रशासनले जनाएको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले अनुगमन गरेको प्रशासनको भनाइ छ।

उदयपुरमा झन्डै दर्जन हाराहारी प्रकारका कम्पनीबाट उत्पादित ग्यास बिक्री वितरण हुँदै आएको छ। नारायणी, कोशी, कामाख्या, नोबेल, प्रिमा, सुपर, रिजालको, कन्काई कम्पनीका ग्यास बिक्री वितरण हुने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]