दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ
प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
मानव जीवन बचाउने महान् अभियानमा योगदान गर्दै रक्तदान गरेर समाजमा उदाहरण प्रस्तुत गर्ने। प्रहरी कर्मचारी र अन्य व्यक्तित्वहरूले रक्तदान गरी कार्यक्रमलाई सफल बनाउनुभयो।
नेपाल प्रहरी श्रीमती सङ्घको स्थापना दिवसलाई सामाजिक सेवामुखी बनाउँदै रक्तदान जस्तो पवित्र कार्य गर्नु प्रशंसनीय छ। ट्राफिक प्रहरी, व्यवसायी र चालकहरू सबै एकै ठाउँमा जुटेर गरेको यो अभियानले समुदायमा सकारात्मक सन्देश दिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सहभागी सबैलाई धन्यवाद। यस्ता कार्यक्रमले रक्त अभाव भएका बिरामीलाई ठूलो राहत मिल्छ।