०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता शनिबार हुँदै

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन २८, २०८३

दाङ । घोराही खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो।
घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता शनिबार बिहान ७ बजे सुरु हुने आयोजकले जनाएको छ।
खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवाको शारीरिक, मानसिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने आवश्यकता रहेको घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले बताउनुभयो। उहाँले खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै स्थानीय प्रतिभाको पहिचान र विकास गर्न अभियानले निरन्तर पहल गर्ने बताउनुभयो।
“फुटबलले युवालाई अनुशासन, सहकार्य, नेतृत्व र स्वस्थ प्रतिस्पर्धाको भावना सिकाउँछ। घोराहीलाई खेलकुदको क्षेत्रमा थप परिचित बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छन्,” संयोजक प्रियासनले भन्नुभयो।
त्यस्तै, लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओलीले मैत्रीपूर्ण खेलले खेलाडीबीच अनुभव आदानप्रदानसँगै फुटबलप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार एकेडेमीले स्थानीयस्तरबाटै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण र प्रतियोगितात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ।
“युवा खेलाडीलाई मैदानमा खेल्ने अवसर दिनु नै उनीहरूको क्षमता विकासको महत्वपूर्ण आधार हो। मैत्रीपूर्ण खेलले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै खेलकुदप्रति सकारात्मक वातावरण निर्माण गर्छ,” सञ्चालक ओलीले भन्नुभयो।
आयोजकले प्रतियोगितामा खेलप्रेमी, विद्यार्थी, युवा तथा स्थानीयवासीलाई उपस्थित भएर खेलाडीको हौसला बढाउन आग्रह गरेको छ। प्रतियोगितालाई घोराहीमा खेलकुद संस्कृतिको विकास गर्ने अभियानका रूपमा समेत लिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]