२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता शनिबार हुँदै

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन २८, २०८३

दाङ । घोराही खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो।
घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता शनिबार बिहान ७ बजे सुरु हुने आयोजकले जनाएको छ।
खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवाको शारीरिक, मानसिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने आवश्यकता रहेको घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले बताउनुभयो। उहाँले खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै स्थानीय प्रतिभाको पहिचान र विकास गर्न अभियानले निरन्तर पहल गर्ने बताउनुभयो।
“फुटबलले युवालाई अनुशासन, सहकार्य, नेतृत्व र स्वस्थ प्रतिस्पर्धाको भावना सिकाउँछ। घोराहीलाई खेलकुदको क्षेत्रमा थप परिचित बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छन्,” संयोजक प्रियासनले भन्नुभयो।
त्यस्तै, लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओलीले मैत्रीपूर्ण खेलले खेलाडीबीच अनुभव आदानप्रदानसँगै फुटबलप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार एकेडेमीले स्थानीयस्तरबाटै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण र प्रतियोगितात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ।
“युवा खेलाडीलाई मैदानमा खेल्ने अवसर दिनु नै उनीहरूको क्षमता विकासको महत्वपूर्ण आधार हो। मैत्रीपूर्ण खेलले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै खेलकुदप्रति सकारात्मक वातावरण निर्माण गर्छ,” सञ्चालक ओलीले भन्नुभयो।
आयोजकले प्रतियोगितामा खेलप्रेमी, विद्यार्थी, युवा तथा स्थानीयवासीलाई उपस्थित भएर खेलाडीको हौसला बढाउन आग्रह गरेको छ। प्रतियोगितालाई घोराहीमा खेलकुद संस्कृतिको विकास गर्ने अभियानका रूपमा समेत लिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

दाङ । घोराही खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको […]

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]