२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

काठमाडौं प्रहरीले सुन जस्तो देखिने पहेंलो धातुसहित तीन पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

सागर थापा
काठमाडौं फागुन २ महानगरीय प्रहरी प्रभाग गोंगबुले सुन जस्तो देखिने पहेंलो धातु करिब १ सय ५० ग्रामसहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट उक्त धातुसहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ घर भई हाल काठमाडौं गौशाला बस्ने ४० वर्षीय नुच्छेलाल खड्गी लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बा.१ य १०१२ नम्बरको पर्यटक ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी ट्याक्सीमा सवार उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

काठमाडौं । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा […]

error: Content is protected !!