०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बर्दियामा नदीजन्य घटनामा डुबेर १० जनाको मृत्यु एक जना बेपत्ता, प्रहरीको तथ्यांक

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ३०, २०८३

बर्दिया । नदी, खोला र नहरमा नुहाउने क्रममा, माछा मार्ने, दाउरा संकलन गर्दा डुबेर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ ।

साउन १० मा राजापुर नगरपालिका–५ मा मैलाखोलामा पौडी खेल्दा १४ वर्षीय पुजन परियारको मृत्यु भएको थियो । साउन १९ मा बढैयाताल गाउँपालिका–२ का ३५ वर्षीय गोपाल सुनारको मैलाखोलामा माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी रेशम बोहोराले बताए ।

साउन २५ मा गेरुवा–३ की ७६ वर्षीया जगमति थारु कर्णाली नदीमा डुबेर वेपत्ता भइन् । उनको शव दुई दिनपछि फेला परेको प्रहरीले जनाएको छ । गत असार २६ मा बासगढी–३ का ११ वर्षीय उत्तम थारु घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा मृत्यु भएको थियो ।

गत असार २४ मा गेरुवा–४ का २४ वर्षीय प्रदिप थारु कर्णाली नदीनजिक भैंसी चराउन गएकोमा फर्काउने क्रममा डुबेर बेपत्ता भएका छन् । उनको खोजी गरिए पनि फेला नपरेको डिएसपी बोहोराले बताए । नदी खोलामा जाँदा सुरक्षाको मापदण्ड नअपनाउँदा डुबेर मृत्युका घटना हुने गरेको प्रहरीको भनाई छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले खोलानालामा नुहाउन जाँदा, दाउरा संकलन गर्दा सुरक्षाको मापदण्ड नअपनाउँदा यस्ता दुर्घटना हुने गरेको बताए । ‘विपद् व्यवस्थापन समितिले यस्ता घटना नहुन दिन जनचेतनामूलक कार्यक्रम त गरिरहेको छ, तर रोक्न सकेका छैनौं,’ उनले भने, ‘यस्ता घटना थाहा हुनासाथ सुरक्षाका सबै अंग उद्धार कार्यमा परिचालन हुने गरेका छन् ।’ डुबेका घटनाको उद्धार कार्यका लागि पर्याप्त दक्ष जनशक्ति र सामग्रीको आवश्कता रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]