कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराका लागि गौरवको क्षण कार्यालय प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेल र प्रहरी हवल्दार लक्ष्मण चुँदाली तालुक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।
कर्तव्यनिष्ठा, अनुशासन र उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप प्राप्त भएको यो सम्मानले सम्पूर्ण पिपरा प्रहरी परिवारलाई थप जिम्मेवार र ऊर्जावान बनाएको छ।
आगामी दिनमा पनि यसरी नै उत्कृष्ट सेवा प्रवाह गर्दै जिल्ला र राष्ट्रको नाम उज्यालो बनाउनुहुनेमा हामी विश्वस्त छौं ।