०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

पश्चिम नवलपरासीस्थित सुस्तामा निर्माणाधीन अस्थायी बाँध नारायणी नदीले बगायो किसान चिन्तित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ३०, २०८३

नवलपरासी । साउन १७ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुस्ताको बाँध भत्काएपछि स्थानीयले प्रतिकार गरेका थिए। एसएसबीले बाँध भत्काए पनि सुस्तावासीले श्रमदान गरेर बाँध निर्माण गरिरहेका थिए।

तर निरन्तरको वर्षासँग नारायणी नदीमा बाढी आएपछि बाँध बताएको छ। स्थानीय बाबु खानले शुक्रबा बाँध बगाएर नदी बस्तीमासमेत पसेको थियो। उनकाअनुसार नदी नजिकै रहेको थारू बस्तीलगायतमा पसेको थियो भने अहिलेसम्म २०औँ बिघा जमिन पनि कटान गरेको छ।

नदीले जमिन कटान गरेपछि स्थानीय चिन्तित भएका छन्। खानकाअनुसार नदीको कटान रोक्न यहाँ बाँध निर्माणका लागि २० दिनदेखि स्थानीयले श्रमदान गरिरहेका छन्।

केही दिन नेपाल आर्मी र सशस्त्र प्रहरीलेसमेत श्रमदान गरेका थिए। तर अस्थायी बाँधका जाली र बोरामा राखिएका माटो नदीले बगाएपछि अब के गर्ने भन्नेमा स्थानीय अन्योलमा परेका छन्।

शनिबार पनि नदीको कटान निरन्तर जारी रहेको छ। नदी बाँध भत्काउँदै उखु खेती गरेको खेतहरू कटान गरिरहेको छ। यहीरुपमा नदीले कटान गरिरहेमा केही दिनमा सुस्ता गाउँनै बगाउने जोखिम रहेको खानले बताए। ‘हामीले २० दिनदेखि बाँध निर्माणका लागि श्रमदान गरेका छौँ। तर त्यही बाँध पनि नदीले बगाएको छ। नदीले २०औँ बिघा जमिन कटान गरेको छ’, उनले भने ‘यहीरुपमा नदीले कटान गरिरहेमा केही दिनमा सुस्ता गाउँ पनि बगाउँछ।’

उनले स्थानीय ३-४ सयको संख्यामा नदी कटान रोक्न बाँध निर्माणका लागेको भए पनि सरकारकोतर्फबाट आश्वसनबाहेक बाँकी सहयोग प्राप्त नभएको बताए।

बजेट राखेर छिटो बाँध निर्माणमा सरकारले तत्काल तदारुकता देखाउनुपर्ने उनको भनाइ छ। ‘हामीले २० दिनदेखि श्रमदान गरेर बनाएको बाँधको जाली बगायो। बोराहरू बगाएको छ। आज पनि बगाइरहेको छ’, खानले भने ‘हामीले अब सक्दौनौँ। सरकारले नै तत्काल काम गर्नुपर्छ। नत्र सुस्ता बगाउँछ।’

सुस्ताको बाँधकाे अवस्थाबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुगमन गर्दै बाँध निर्माणमा बजेट अभाव हुन नदिने बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]