०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

दुबै प्रदेशका डिआईजी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण उद्धार कार्यमा खट्न निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन ३०, २०८३

रोल्पा । थबाङ गाउँपालिका ५, बोटलबारामा अविरल वर्षाका कारण गएको पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक डिआईजी भूपेन्द्र बहादुर खत्री एवं सशस्त्र प्रहरी बलका महानिरीक्षक डिआईजी दिपक अधिकारीबाट सम्पन्न भएको छ।

निरीक्षणका क्रममा डीआईजीदुय बाट भएका निर्देशनहरू क्षति व्यवस्थापन: पहिरोबाट भएको भौतिक तथा मानवीय क्षतिको तत्काल व्यवस्थापन गर्न जोखिम न्यूनीकरण घटनास्थल र वरपरको क्षेत्रमा थप जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न खोज तथा उद्धार बेपत्ता भएका व्यक्तिहरूको तीव्र खोजी र उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरण गर्न ।

शोक तथा समवेदना पहिरोमा परी घाइते हुनुभएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, ज्यान गुमाउने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा उद्धार, राहत र पुनर्स्थापनाको कार्यलाई तीव्रता दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]