१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

लखन पार्कमा पराग सेचनमैत्री फूल तथा वनस्पति रोपियो हर्ड इन्टरनेसनलले तीन वर्षसम्म बिरुवा उपलब्ध गराउने

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र ०९, २०८३

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ।
परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण गरिएको हो। पार्कलाई आकर्षक बनाउनुका साथै पराग सेचनमा सहयोग पुग्ने वातावरण तयार गर्ने उद्देश्यले बिरुवा रोपिएको आयोजकले जनाएको छ।
वृक्षारोपण कार्यक्रममा लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष एकराज खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन, घोराही उपमहानगरपालिका कृषि शाखाका खिमबहादुर बस्नेत, घोराही–१४ का वडा सदस्य रचना कुमाल, अभियानकर्मी डा. लोकराज पराजुलीलगायतको उपस्थिति थियो।
पराग सेचन परियोजनाका जिल्ला कृषि प्राविधिक संविधा थापाका अनुसार आगामी तीन वर्षसम्म लखन पार्कमा आवश्यक पर्ने अत्यावश्यक फूल तथा बहुमूल्य वनस्पतिका बिरुवा परियोजनाले उपलब्ध गराउनेछ। पार्कमा विभिन्न प्रजातिका फूल तथा वनस्पति विस्तार हुँदा मौरी, पुतलीलगायतका पराग सेचक जीवलाई आवश्यक वातावरण निर्माण हुने र जैविक विविधता संरक्षणमा समेत योगदान पुग्ने उहाँले बताउनुभयो।
लखन पार्क व्यवस्थापन समितिका अध्यक्ष एकराज खनालले पार्कको सौन्दर्यसँगै वातावरणीय महत्व बढाउने गरी परियोजनासँगको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो। “पार्कमा फूल तथा वनस्पति बढेपछि यसको सौन्दर्य मात्र होइन, जैविक विविधता पनि बढ्नेछ,” उहाँले भन्नुभयो, “तीन वर्षसम्म बिरुवा उपलब्ध गराउने कार्यक्रमले पार्कको दीर्घकालीन विकासमा सहयोग पुग्ने विश्वास छ।”
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले पार्कलाई केवल घुम्ने र मनोरञ्जन गर्ने स्थानका रूपमा नभई वातावरण संरक्षण, जैविक विविधता र अध्ययनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तह, समुदाय र विभिन्न परियोजनाबीचको सहकार्यबाट सार्वजनिक स्थलको संरक्षण तथा विकास गर्न सकिने धारणा राख्नुभयो।
घोराही उपमहानगरपालिका कृषि शाखाका खिमबहादुर बस्नेतले पराग सेचन प्रकृतिको महत्वपूर्ण प्रक्रिया भएकाले पराग सेचक जीवलाई आकर्षित गर्ने वनस्पतिको संरक्षण र विस्तार आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले कृषि उत्पादन, वातावरण संरक्षण र जैविक सन्तुलनमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।
वडा सदस्य रचना कुमालले पार्कको संरक्षणमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको बताउँदै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी सबैको भएको उल्लेख गर्नुभयो।
पराग सेचनका लागि उपयुक्त वनस्पति विस्तारसँगै लखन पार्कलाई हरियाली, जैविक विविधता र वातावरणीय चेतनाको नमुना पार्कका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]