०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाढीले बगाएर ल्याएको ग्यास सिलिन्डर समात्न नारायणी किनारमा पौडी खेल्दै स्थानीयहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १०, २०८३

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ।

माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्।

“बजारमा ग्यास पाइँदैन, कालोबजारी छ। बाढीले बगाएर ल्याएको भए नि सिलिन्डर हात पार्नु पर्यो। ज्यानको बाजी थापेरै भए पनि समात्छौ” एक स्थानीयले भने।

यसरी पौडी खेलेर सिलिन्डर समात्ने क्रममा डुबान, करेन्ट लाग्ने र सिलिन्डर पड्किने जोखिम अत्यधिक छ। प्रहरी र स्थानीय प्रशासनले नदी किनारमा नजान र यस्तो काम नगर्न पटक-पटक आग्रह गरिरहेको छ।

जिल्ला प्रशासन कार्यालयले “बाढीको पानी अझै खतरनाक छ। बगेर आएको सामानको लोभमा ज्यान जोखिममा नपार्न” अनुरोध गरेको छ। फेला परेका सिलिन्डरलाई सुरक्षित रूपमा संकलन गरेर सम्बन्धित कम्पनीमार्फत वितरण गर्ने व्यवस्था मिलाइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]