०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

यिनीहरू मानव हुन कि दानव? यस्तो बेला पनि लास झिक्न छोडेर सुन झिक्दै,कठै तिम्रो मानवता,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ११, २०८३

चितवन । बाढीले घर बगाएको छ, मान्छे बेपत्ता छन्, बालबच्चा भोकै छन्। र त्यही त्रासदीको बीचमा केही मानिस लासबाट,भग्नावशेषबाट सुन-गहना टिप्दै छन्।

यो पीडा होइन? यो लज्जा होइन?

विपद् भनेको एकताको बेला हो। एकले अर्काको हात समाउने, अन्न बाँड्ने, आँसु पुछ्ने बेला हो।
तर केहीको लागि यो लुट्ने र कमाउने अवसर बनिदियो।

मानवता मरिसकेपछि पुल मात्र होइन, समाज नै बग्छ।

प्रशासनले यस्ता घटनामा कडा कारबाही गरोस्। र हामी सबैले आवाज उठाऔं विपद्मा सहयोग गर, शोषण होइन।

बाढीले घर बगायो, तर केहीको लोभले मानवता बगायो। यस्तो बेला पनि सुन खोज्ने हात..धिक्कार छ। मानवता बचाऔं विपद्मा एकता ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]