०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

रसुवा बाढीपछि भइरहेका गैरकानुनी तथा अमानवीय गतिविधिमाथि प्रहरीले निगरानी बढायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ११, २०८३

चितवन । शवबाट सुन लुटिएको तथा बाढीले बगाएका ग्यास सिलिन्डर खोसाखोस गरिएका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई ‘नोटिस’मा राखेको जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार अहिले प्रहरीको मुख्य प्राथमिकता घाइतेको उद्धार तथा उपचार, मृतकको शव पहिचान र बेपत्ताको खोजीमा केन्द्रित छ। प्राथमिक उद्धारका काम सकिएपछि गैरकानुनी गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरिने उनले बताए।

‘कुनै पनि अमर्यादित तथा अमानवीय कार्यले छुट पाउने छैन,’ काफ्लेले भने।

बाढीले बगाएको एउटा शवबाट सुन लुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यस्तै, चितवनको नारायणी नदीमा बाढी पुगेपछि ग्यास सिलिन्डर खोसाखोस गरेको दृश्यसमेत सार्वजनिक भएको थियो।

यस्ता घटनासँगै विपद्को समयमा भ्रमपूर्ण सूचना फैलाउने, जनजीवनमा त्रास सिर्जना गर्ने र भ्युज बटुल्ने उद्देश्यले विभत्स दृश्य प्रसारण गर्नेहरूमाथि समेत प्रहरीले निगरानी गरिरहेको काफ्लेले बताए।

‘मिसइन्फर्मेसन–डिसइन्फर्मेसनदेखि भाइरल हुन विभत्स दृश्य अपलोड गरिएका सबै कुरा हामीले बुझिरहेका छौँ,’ उनले भने।

सोही विषयमा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपदका बेला स्वार्थपूर्ति गर्न खोज्नेहरुमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका थिए।

नेता शाहीले यस्तो अप्ठेरो परेको बेला लाशलाई समेत नाछाड्नेहरुमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

शवबाट सुन लुछेको घटनापछि रास्वपाका सांसद जगदीश खरेलले पनि नेपाली समाज कहाँ गइरहेको छ भन्दै प्रश्न उठाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]