०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

अत्यन्त जरुरी सूचना बैकल्पिक बाटो प्रयोग गर्न इलाका प्रहरी कार्यालय मुग्लिङको अनुरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र १४, २०८३

मुग्लिङ । सबैमा नमस्कार अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन – कुरिनटार जोगिमारा सडक खण्डमा ठूलो पहिरो गएको हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाटो भासिएका कारण सडक खुलाउन केही समय लाग्ने भएकाले यस मार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रु महानुभावहरू,चालक दाजुभाइहरूले बैकल्पिक बाटो प्रयोग गरिदिनुहुन इलाका प्रहरी कार्यालय मुग्लिङले सबैलाई हार्दिक अनुरोध गर्दछ।

बैकल्पिक बाटोहरु काठमाडौं जाने नारायणगढ – हेटौंडा कुलेखानी काठमाडौं पोखरा / बुटवल जानेः मुग्लिन नारायणगढ हेटौंडा हुँदै

अत्यावश्यक काम बाहेक यात्रा नगर्नुहोस्।
सडकको अवस्थाबारे बुझ्न *100* वा इलाका प्रहरी कार्यालय मुग्लिङमा सम्पर्क गर्न सकिनेछ।

इलाका प्रहरी कार्यालय, मुग्लिङ
चेतना भया दुर्घटना टर्‍या जय नेपाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]