०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

नुवाकोटको बट्टारमा एक वृद्धमाथि दिउँसै लुटपाट,सुनको सिक्री लुटेर चोर फरार,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र १५, २०८३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-४ बट्टारमा आइतबार दिउँसै घरभित्र प्रवेश गरी लुटपाट भएको छ।

स्थानीय बाबुराम अधिकारीको घरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी अधिकारीले लगाएको सुनको सिक्री र उहाँकी पत्नीले लगाएको कानको टप थुतेर फरार भएका हुन्।

दिउँसोको समयमा घरमा पसेका लुटेराहरूले एक्कासि आक्रमण गरी गहना लुटेको पीडित परिवारले बताएका छन्।

घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी बट्टारको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

फरार व्यक्तिहरूको खोजी भइरहेको र सीसीटीभी फुटेज समेत हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]