०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

त्रिशुली र तादीले डुबाएको देविघाट बजारको अवलोकनमा सशस्त्र प्रहरी आईजिपी पौडेल

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र १५, २०८३

नुवाकोट । अविरल वर्षापछि त्रिशुली र तादी नदीको बाढीले डुबानमा परेको ऐतिहासिक देविघाट क्षेत्रको प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले स्थलगत अवलोकन गर्नुभएको छ।

बाढीले देविघाट बजार क्षेत्रका दर्जनौँ घर, पसल र मन्दिर परिसर जलमग्न भएका छन्। निरन्तरको वर्षाले त्रिशुली नदीको जलसतह बढ्दा तल्लो बजार क्षेत्र डुबानमा परेको हो।

अवलोकनका क्रममा आइजीपी पौडेलले:

स्थानीय बासिन्दा र प्रभावित व्यापारीसँग भेटघाट गरी क्षतिको विवरण लिनुभयो उद्धार तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न तत्काल पहल गर्न निर्देशन दिनुभयो ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा नियमित गस्ती र उद्धार कार्य जारी राखेको छ। नदीको सतह अझै उच्च रहेकाले नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान प्रहरीले आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]