०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

नारायणी अस्पतालबाट चोरी भएको १ दिने शिशुको ६ घण्टामै एसपी पवन भट्टराईद्वारा उद्धार,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र १६, २०८३

पर्सा । वीरगञ्ज नारायणी अस्पतालको प्रसूति वार्डबाट चोरी भएको एक दिने नवजात शिशुलाई प्रहरीले ६ घण्टामै सकुशल उद्धार गरेको छ।

आइतबार दिउँसो अस्पतालबाट बच्चा हराएको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवन भट्टराईको कमाण्डमा विशेष टोली परिचालन भएको थियो ।

यसरी भएको थियो उद्धार

सूचना पाउनासाथ अस्पतालको सबै सीसीटीभी फुटेज नियन्त्रणमा लिइयो।
अस्पतालका सबै नाका सिल गरी चेकजाँच कडा पारियो।
फुटेजमा बच्चा बोकेर हिँडेकी एक महिलाको पहिचान भयो।
प्राविधिक विश्लेषण र सुराकीको आधारमा ती महिलाको लोकेशन वीरगञ्जकै छेउमा रहेको पत्ता लाग्यो।
एसपी भट्टराईको निर्देशनमा खटिएको सादा पोशाकको टोलीले उनलाई पक्राउ गरी बच्चा सकुशल उद्धार गरेको हो।

पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको र बच्चालाई आमा-बुबाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। छिटो र चुस्त तरिकाले उद्धार गरेको भन्दै स्थानीयले पर्सा प्रहरीको प्रशंसा गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]