०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा रोल्पा–दाङद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ६७ हजार ९०५ रुपैयाँ सहयोग

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, भाद्र १९, २०८३

दाङ। रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा रोल्पा–दाङले रसुवालगायत बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक लाख ६७ हजार नौ सय पाँच रुपैयाँ सहयोग गरेको छ।
समाजका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा संकलित १ लाख ६७ हजार ९०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। राहत संकलन अभियान भने अझै जारी रहेको समाजले जनाएको छ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्काको रोहबरमा उक्त रकम राहत कोषमा जम्मा गरिएको थियो। कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
हालै नेपालका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्, बाढी तथा त्यसबाट उत्पन्न मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समाजले प्रभावित नागरिकहरूको सहयोगका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको जनाएको छ। विशेषगरी रसुवालगायत बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले समाजले आर्थिक सहयोग जुटाएको हो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका घोराई बनाउ अभियानका संयोजक सविन प्रियासनले प्राकृतिक विपद्को कठिन परिस्थितिमा एकता, सहयोग र मानवीय संवेदनाको आवश्यकता अझ बढी हुने बताएका थिए। विपद्का कारण घरबार, सम्पत्ति तथा जीवनयापनका आधार गुमाएका नागरिकको राहत र पुनःस्थापनाका लागि राज्यसँगै विभिन्न सामाजिक संघसंस्था, समुदाय तथा नागरिकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।
समाजका अध्यक्ष नारायणप्रसाद रोका मगरले विपद्को यस कठिन घडीमा देशभरबाट सहयोग र सद्भावको भावना आवश्यक रहेको बताउँदै आर्थिक सहयोग संकलन अभियानमा साथ दिने सम्पूर्ण सहयोगदाता, समाजका पदाधिकारी, सदस्य तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरे। राहत संकलन कार्य अझै जारी रहेकाले सहयोग गर्न इच्छुक सबैलाई अभियानमा सहभागी हुन पनि उनले आग्रह गरे।
रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा रोल्पा–दाङले नेपालमा आइपरेका विभिन्न त्रासदी, आपत् तथा विपद्का समयमा सामाजिक उत्तरदायित्वका साथ सहयोग अभियानमा सक्रिय रहने प्रतिबद्धता समेत जनाएको छ।
समाजले रसुवालगायत बाढी प्रभावित क्षेत्रका सम्पूर्ण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडित परिवारको सुरक्षाका साथै साहस, धैर्य र शीघ्र राहत तथा पुनःस्थापनाको कामना गरेको छ। कठिन परिस्थितिमा सम्पूर्ण नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा समाजले जोड दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]