धादिङ । पहिरोका कारण पटक-पटक अवरुद्ध हुँदै आएको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण सुरु गरिएको छ।
निरन्तरको पहिरोले पुरानो सडक पूर्ण रुपमा भासिएपछि सडक डिभिजन कार्यालयले वैकल्पिक ट्रयाक खोल्न थालेको हो।
जेसिबीको प्रयोग गरेर ट्रयाक खोल्ने काम भइरहेको र मौसमले साथ दिएमा छिट्टै एकतर्फी भए पनि यातायात सुचारु गर्ने तयारी रहेको प्रशासनले जनाएको छ।