०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

जताततै पहिरो गएपछी वैकल्पिक बाटोबाट धानिँदै काठमाडौंको आपूर्ति खाद्यान्नलगायतको मूल्य बढन सक्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २१, २०८३

काठमाडौँ । पहिरोले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक उपभोग्य वस्तु आपूर्ति भइरहेको छ । पेट्रोलियम पदार्थर् त्रिभुवन राजपथबाट ल्याउने व्यवस्था गरिएको छ । एलपी ग्यास हेटौंडा–बारा–चितवन हुँदै सोही बाटोबाट नै काठमाडौं भित्र्याइएको छ ।

तोकिएको वैकल्पिक बाटोअन्तर्गत ठूला यात्रुवाहक तथा मालवाहक सवारीसाधनले काठमाडौं आउँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथ प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । १४ सिटभन्दा कम क्षमताका सवारीसाधन काठमाडौं आउँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं आइपुग्छन् । हेटौंडा फर्किंदा ती सवारीसाधनले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र साहले मुख्य राजमार्ग बन्द भए पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन् । पेट्रोल पाइपलाइनमार्फत अमलेखगन्जसम्म आउने र काठमाडौंको दूरी छोटो भएकाले वैकल्पिक बाटो त्रिभुवन राजपथ प्रयोग गरिएको छ । निगमका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकर हेटौंडा–भैंसे–पालुङ–नौबिसे हुँदै काठमाडौं भित्रिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]