दाङ । दाङमा बच्चाको कान च्यातेर सुनको मुन्द्रा चोरी गर्ने व्यक्ति सहित अन्य चोरीमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङले विशेष टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको र चोरीका सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।