काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ।
त्यस्तै बाढीमा परी मृत्यु भएका कर्मचारीका आश्रित परिवारलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि APF Nepal ले गरेको छ।
साथै मृतक कर्मचारीहरुले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरुलाई पायक पर्ने APF Nepal स्कुलमा कक्षा १० सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय समेत गरेको छ।