०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

प्रहरीले तुलसीपुरबाट ११ बोरा अवैध पटाका लाखौंको बरामद, ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २२, २०८३

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ११ बोरा अवैध पटाका बरामद गरी ३ जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८३/०५/१९ गते राति सञ्चालन गरिएको विशेष कारबाहीका क्रममा तुलसीपुर उपमहानगरपालिका–५, नामेनगरस्थित एक किराना पसलको गोदामबाट ५ बोरा ठूला र ३ बोरा साना गरी ८ बोरा पटाका बरामद गरिएको हो। उक्त घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर–५ निवासी वर्ष २१ का प्रेम कसौधन र तुलसीपुर–५, ग लाइन निवासी वर्ष २१ का संजिव गुप्तालाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–६, बरुवागाउँस्थित कोठाबाट थप ३ बोरा पटाका बरामद गरी तुलसीपुर–६, घोराही रोड निवासी वर्ष २४ का कैलाश कुमार गुप्तालाई पनि नियन्त्रणमा लिइएको छ।

बरामद गरिएका पटाकासहित तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]