२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

प्रहरीले तुलसीपुरबाट ११ बोरा अवैध पटाका लाखौंको बरामद, ३ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २२, २०८३

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ११ बोरा अवैध पटाका बरामद गरी ३ जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८३/०५/१९ गते राति सञ्चालन गरिएको विशेष कारबाहीका क्रममा तुलसीपुर उपमहानगरपालिका–५, नामेनगरस्थित एक किराना पसलको गोदामबाट ५ बोरा ठूला र ३ बोरा साना गरी ८ बोरा पटाका बरामद गरिएको हो। उक्त घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर–५ निवासी वर्ष २१ का प्रेम कसौधन र तुलसीपुर–५, ग लाइन निवासी वर्ष २१ का संजिव गुप्तालाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–६, बरुवागाउँस्थित कोठाबाट थप ३ बोरा पटाका बरामद गरी तुलसीपुर–६, घोराही रोड निवासी वर्ष २४ का कैलाश कुमार गुप्तालाई पनि नियन्त्रणमा लिइएको छ।

बरामद गरिएका पटाकासहित तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय तुलसीपुरको संयुक्त प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका क्षेत्रबाट ११ बोरा अवैध पटाका बरामद गरी ३ जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३/०५/१९ गते राति सञ्चालन गरिएको विशेष कारबाहीका क्रममा तुलसीपुर उपमहानगरपालिका–५, नामेनगरस्थित एक किराना पसलको गोदामबाट ५ बोरा ठूला र ३ बोरा […]

दाङ । केही समयअघि देखिएको ग्यास अभावले सर्वसाधारणको दैनिकी अत्यन्त कष्टकर बनेको थियो। ग्यास पाउने आशामा मानिसहरू पानी, घाम र थकानको पर्वाह नगरी तीन–तीन दिनसम्म लाइनमा बस्न बाध्य थिए। ग्यास आउँछ कि भन्ने आशामा दिनरात प्रतीक्षा गर्दा कतिपय ग्राहकका सिलिन्डरसमेत हराएका गुनासाहरू आएका थिए। यस्तो अव्यवस्थित र पीडादायी अवस्थाबाट सर्वसाधारणलाई मुक्त गर्न घोराही बनाउँ अभियानका […]